
काठमाडाैँ । हालै नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी नायिका प्रियंका कार्कीले अाफ्नाे घाँटीमा (गर्धनमाथि) एउटा ट्याटु खाेपेर चर्चामा अाएकी छिन् । उनले अाफ्नाे नामलार्इ परिवर्तन गरेर ‘आयङ्का’ बनाएकी छिन् र यही नाम अाफ्नाे घाँटीमा खाेपेकी छिन् ।

उनले पछिल्लाे समय अाफ्नाे अायुष्मानसँगकाे प्रेमलार्इ लिएर भइरहेका विभिन्न टीका-टिप्पणीकाे जवाफ दिन समेत याे ट्याटु खाेपेकाे विश्लेषण भइरहेकाे छ । उनलार्इ याे नयाँ नाम निकै प्यारो रहेकाे ट्याटु नै खाेपेबाट थाहा हुन्छ ।
प्रेमी आयुष्मान को ‘आ’ र अाफ्नाे वास्तविक नाम प्रियंकाकाे ‘याङ्का’ मिलाएर नयाँ नाम ‘आयङ्का’ बनाएकी हुन् । यसलार्इ उनले फेसबुक र इन्स्टाग्रामबाट शेयर गरिरहेकी छिन् ।
















