बिदेशमा आफ्नो सस्कृतीको जगेर्ना गर्ने उदेश्य का साथ २९ जुलाई आइतबार एक भव्य समारोहबिच लिम्बु समुदायको विशेष पर्व ‘सिसेक्पा तङ्नाम’ सहित किरात याक्थुङ चुम्लुङ पोर्चुगलको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनको उदघाटन गर्दै पोर्तुगलका लागि नेपाल सरकारका पर्यटनदुत रमेशकुमार गुरुङले आफ्नो सस्कृती जगेर्ना गर्न आयोजना गरिएको कामको उच्च मुल्यांकन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा जनजाति माहासंघका महासचिव मदन लिम्बुले नयाँ समितिको नाम घोषणा गर्नु भएको थियो ।
उक्त अधिबेशनले एक बर्षका लागि दिपा लिम्बू को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा शितल लिम्बु , पबित्रा लिम्बु, देबेन्द्र लिम्बु, महासचिव रुद्रमान केरुङ, सचिव राजकुमार लिम्बु, अनिल वाङेहाङ, कोषाध्यक्ष नुमा लिम्बु र सहकोषाध्यक्ष रबिन लिम्बु रहेका छ्न । समितिको सदस्य मा सन्दीप लिम्बु, तेजमान लिम्बु, रन्जु लिम्बु, खगेन्द्र लिम्बु, प्रेम कुमार लिम्बु, निशा लिम्बु, सलिना लिम्बु रहेका छ्न । त्यस्तै संरक्षकमा श्याम बखिम, प्रमुख सल्लाहकारमा रिपुजङ लिम्बु, सल्लाहकारमा कुमार लिम्बु र नरेन्द्र लिम्बु रहेका छन ।

विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुतिका साथ आफ्नो कला सस्कृती झल्काउदै शुभकामना आदनप्रदान गरिएको सो कार्यक्रममा पोर्तुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थितीका रहेको थियो। सो सस्थाका अध्यक्ष रिपुजङ लिम्बुको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सन्चालन प्रेम लिम्बुले गर्नुभएको थियो ।
फोटो: शम्भु सिलवाल
















