सन् २००६ मा नेपाली जनसम्पर्क समिति पोर्तुगल स्थापना भएपश्चात १२ बर्षे सिन्डिकेट तोड्दै आज पहिलोपटक निर्वाचन सम्पन्न भएको छ। सन् २००६ मा पुर्ण हमालको अध्यक्षतामा नेजसस स्थापना भएपश्चात् उनकै हालीमुहालीमा आफ्नै आसेपासेहरुलाई सहमतिका नाममा सिन्डिकेटद्वारा नयाँ कार्यसमिति बनाउने गरिदै आएको थियो, स्थापनाको १२ बर्षपछी त्यो सिन्डिकेट तोडिएको छ ।

आज भएको नेपाली जनसम्पर्क समिति पोर्तुगलको चुनावमा ११७६ मत खसेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार अलेन्तेजो क्षेत्रमा ५३८ मत , लिस्बनमा ४५६ र अल्गार्बमा १८२ मत खसेको जनाईएको छ।
https://www.facebook.com/db.gorkhali.3/videos/1715354461896023/
निर्वाचन अध्यक्षमा १ पदका लागि २ जना , उपाध्यक्ष ३ पदका लागि ६ जना र महामन्त्री १ पदका लागि २ जना बिच भएको हो ।
अध्यक्ष पदमा बिनोद घिमिरे र राजकुमार गौतम , महामन्त्री पदमा जया सापकोटा र दामोदर सुबेदी , उपाध्यक्ष पदमा प्रल्हाद कंडेल , युवराज पन्थी , ओकिल केसी , रामचन्द्र खनाल , नविन आचार्य र रमेश कंडेलका बिच निर्वाचन भएको छ । अन्य पदमा यस अघि नै निर्बिरोध भइसकेको छ ।

आजै रातिदेखि मत गणना हुने जानकारी निर्वाचन समितिले दिइएको छ । भोली दिउसोसम्म परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
फोटो : प्रविन धिताल ( लेन्स आर्ट )
















