
काठमाडौं । विश्वकै महंगा गोलकिपर खेलाडीमा ब्राजिलियन एलिसनले आफ्नो नाम स्थापित गरेका छन् । लिभरपुलले उनका लागि उनी आबद्ध क्लव रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी विश्वकै महंगा गोलकिपर बनेका हुन् ।
ब्राजिलियन सुपरस्टार स्टाईकर नेयमार विश्वका सबै भन्दा महंगा हुन् । यही समयमा ब्राजिलकै गोलकिपर एलिसन विश्वकै महङ्गाा गोल किपर बनेका छन् ।
यस अघि सन् २००१ मा जियालुइजी बुफोनलाई युभेन्ट्सले पर्माबाट भित्राउदा ५३ मिलियन युरो तिरेको थियो । तर यो केही क्षणको लागि मात्र थियो । त्यो नै हालसम्मको सबैभन्दा बढी गोलकिपरको लागि खर्चिएको रकम थियो । तर यो रेकर्डलाई ब्राजिलियन गोल किपर एलिसनले भङ्ग गरेको छ ।
विश्वका महंगा १० गोलकिपरकोहरुको सुची, कसको मुल्य कति ?
१. एलिसन– ६५ मिलियन पाउण्ड
लिभरपुलले गोलकिपर एलिसनलाई भित्राउन कीर्तिमानी रकम खर्च गरेको छ । २५ वर्षे ब्राजिलियन रोमाबाट लिभरपुल पुगेका थिए । उनले ब्राजिलिय टोलीबाट पनि ३१ खेल खेलिसकेका छन् ।
२. एडर्सन– ३५ मिलियन पाउण्ड
म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन सबै समयको दोस्रो सबैभन्दा महंगो गोलकिपरको रुपमा आफुलाई उभ्याएका छन् । उनले २०१७ मा ब्राभोलाई उछिनेका थिए ।
३. जियानलुइजी बुफोन– ३२.६ मिलियन पाउण्ड
२००१ मा इटालियन क्लब युभेन्ट्समा आबद्ध भएर १७ वर्ष त्यहि क्लबमा बिताएका बुफोन यो सिजन पेरिस सेन्ट जर्मन पुगेका छन् ।
४. जोर्डन पिकफोर्ड– २५ मिलियन पाउण्ड
इंग्लयान्डका नयाँ नायक हुन जोर्डन पिकफोर्ड । उनी पछिल्लो सिजनमा राष्ट्रको सबैभन्दा महंगा गोलकिपर हुन् । सन्डरल्याण्डकबाट पिकफोर्ड न २०१७ मा एभर्टन पुगेका थिए ।
५. म्यानुयल नुयोर– २१ मिलियन पाउण्ड
साल्र्वकेका स्टार नुयोर सन् २०११ मा बायर्न म्युखिन पुगेका थिए । त्यसता लगातार उच्च प्रदर्शन गर्दै आएका उनी टोलीका महत्वपूर्ण सदस्य हुन् ।
६. ब्रेन्ड लेनो– १९.२ मिलियन पाउण्ड
ब्रेन्ड लेनो आर्सनलमा प्रशिक्षकबा एक नम्बर जर्सी पाएका खेलाडी हुन । उनी लिभरकुसेनमा रहदा सबैभन्दा प्राथमिकतामा रहेका खेलाडी हुन । उनले लिभरकुसेनमा सात बर्ष बिताए । जहाँ बुन्डेसलिगाका सात सिजनका २ सय ३३ खेल खेले । उनी यो सिजनमात्र लिभरकुसेनबाट आर्सनल पुगेका हुन । यो सिजन उनी आर्सनलबाट प्रिमियर लिग खेल्ने छन् ।
७. डेभिड डे जिया– १८.९ मिलियन पाउण्ड
एट्लेटिको मड्रिडबाट २०११ मा म्यानचेस्टर युनाडटेड पुगेयता उनी टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जसले पछिल्ले तीन सिजनमा रेड डेभिल्स प्लेयर अफ दि इयरको उपाधि जिते ।
८.फ्रान्सेस्को टोल्डो– १७ मिलियन पाउण्ड
फ्रान्सेस्को टोल्डो फिओरेन्टिनामा ८ बर्ष बिताए । फिओरेन्टिनामा रहेर उनले सिरी–ए का २ सय ३२ खेल खेले । त्य पछि उनी २००१ मा इन्टरमा गएका थिए । इन्टरमा उननले नौ बर्ष बिताए ।
९. क्लाउडियो ब्राभो–१५.४ मिलियन पाउण्ड
क्लाउडियो ब्राभो म्यानचेस्टर सिटीमा २०१६ मा बार्सिलोना बाट भित्रिएका थिए । उनले २००३ बाट व्यवसाहिक फुटकल यात्रा शुरु गरेको थिए । त्यपछि उनले ९ बर्ष रियल सोसिडाडमा बिताए । सोसिडाडमा राम्रो प्रदर्शन गरेपिछि उनी २०१४ मा बार्सिलोना पुगेका थिए । २०१६ मा बार्सामा उनले ला लिगाको एक खेल मात्र खेलेका थिए । त्यसै सिजन उनी सिटी पुगेका थिए ।
१०. सेबास्टाइन फ्रेय– १४.७ मिलियन पाउण्ड
सेबास्टाइन यस सुचिमा एक पटक भन्दा बढी देखिन्छन् । इन्टरमा आफ्नो योजना बनाउनमा बिफल भए पछि फ्रान्सेस्को टाल्डोका पुगेका थिए । जहाँ उनले पर्माका लागि छोडेका थिए । उनले आफ्नो व्यवसाहिक फुटबलको सबैभन्दा बढी यात्रा सिरी–ए मा बिताए ।
एजेन्सी
















