बार्सिलोना रोमासँग ४-२ गोल अन्तरले पराजित

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब रोमासँग पारजित भएको छ । अमेरिकाको डालासमा बुधबार बिहान भएको खेलमा बार्सिलोना रोमासँग ४–२ ले पराजित भएको हो ।

बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि जित हान पार्न सकेन । सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ३५ औं मिनेटमा रोमाका स्टेफेनले जवाफी गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफ सुरु भएको पाच मिनेटमै माल्कोमले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ७८ औं मिनेटमा रोमाका एलेसान्ड्रोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए । ८६ औं मिनेटमा डिएगोले पेनाल्टीमा गोल गर्दै रोमाको गोलअन्रतलाई बढाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार