मध्यक्रमको व्याटिङ राम्रो हुन नसक्दा नेदरल्याण्ड्ससँग ५५ रनले नेपाल पराजित

काठमाडौं । बुधबार (आज) एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालकाे एकदिवसीय खेलमा डेब्यूको खुसीसँगै पीडा पनि एक साथ आएको छ । नेदरल्यान्ड्सँग बुधबार खेलेका नेपालले मध्यक्रमको व्याटिङ उत्कृष्ट हुन नसक्दा नेपालल्याण्ड्सँग ५५ रनले पराजित हुन पुगेको छ ।

वर्षौ देखिको मेहेनतपछि नेपालले एकदिवसीय क्रिकेटको यात्रा आरम्भ गरेको थियो । तर ५५ रनले नेदरल्याण्ड्ससँग हारेपछि नेपालको डेब्यू खेल उत्साहजनक हुन नसकेको हो । गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेर इतिहासकै ठूलो सफलता हात पारेको थियो ।

नेदरल्यान्ड्सँग नेपालले बुधबार खेलेपछि औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बन्न सफल बनजेको छ ।

१९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतकिय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए ।

२१ रनको व्यक्तिगत स्कोरमा अनिल शाह आउट भएपछि नेपालको पारि धरमराउन शुरु भएको थियो । दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए ।

त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उनको चल्न सकेन । उनी १२ रनमा आउट भए । शक्ति गौचन ४ रन जोड्दै नट आउट रहे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार