आत्मघाती हमला परि ३५ को मृत्यु, ७० घाइते

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । गार्डेजमा रहेको मस्जीदमा शुक्रबार लगातार भएका दुई छुट्टा छुट्टै आक्रमणमा परी कम्तीमा अन्य ७० जना घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार दिउसो साढे एक बजेतिर मस्जीदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा. वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताउनु भएको छ । घटनामा घाइते भएका मध्ये केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

विभागीय प्रमुख अहमाड्जीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने सम्भावना छ । घटनापछि सुरक्षाकर्मीलाई घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् भने सुरक्षा सतर्कता पनि बढाएका छन् । विस्फोटनबाट मस्जीदमा पनि क्षति पुगेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

घटनाका बारेमा अहिले सम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ । अफगानिस्तानमा भएका यस्ता आक्रमणहरुमा विगतमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुको सम्लग्नता पाइने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार