पर्दामा बर्षा र विल्सनको जोडी !

पछिल्लो समय कमेडी र फरकधारका फिल्महरु निर्माण भईरहेको समय पर्दामा अनौठा र रोचक लाग्ने जोडी बाँधिईरहेका छन । यसबीचमा सञ्चारकर्मी प्रकास सुवेदीले डेब्यु निर्देशन गर्न लागेको फिल्म ‘बकम्फुसे राजा’ मा नायिका बर्षा राउत र विल्सन बिक्रम राईको जोडी रहने चर्चा सुनिएको छ । यसअघि दिपक राज गिरी , विपिन कार्की लगायतसंग भिन्न जोडीको रुपमा पर्दामा देखिईसकेकी बर्षा र विल्सनको जोडी कस्तो होला कौतहुल्ता देखिएको छ ।

विभिन्न टिभी सिरियलहरुमा निर्देशनको अनुभव बटुलिसकेका प्रकासले यो जोडीलाई पर्दामा ल्याउँन कम्मर कसेका हुन् । फिल्म गणेश सुवेदीको लगानीमा निर्माण हुँदैछ । जसमा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन, सुनिल श्रेष्ठको कथा रहनेछ । ‘बकम्फुसे राजा’ मा अन्य कलाकारहरुको चयन भने भईनसकेको बताईएको छ ।

पछि बुवालाई पनि फिल्मलाईन नराम्रो होईन भन्ने कन्भिंस गरेपछि र यही क्षेत्रमा एकपछि अर्काे गर्दे सफलता पाएपछि परिवारबाट पनि उनले पुर्णरुपमा सर्मथन पाईन । करिब ७ बर्षदेखि संजोग कोइरालासंग प्रेम सम्बन्धमा रहेकी बर्षाले ‘छक्का पञ्जा ३’ मा पनि गेस्ट रोलमा काम गरेकी छिन् भने ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ र अर्काे घोषणा नभएको प्रोजेक्ट पनि उनको हातमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार