यस्तो बनेर आयो ‘शिरफूल’को ट्रेलर


काठमाडौं । राजधानिमा एक विशेष कार्यक्रमको आयोजना गदै फिल्म‘शिरफुल’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रयाः सबै फिचर छन् । ट्रेलरले मगर समुदायको संस्कार र संस्कृतिलाई समेत चित्रण गरेको छ ।
मगरर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको ‘शिरफुल’को निर्माता आर्शिवाद पुन मगर हुन भने फिल्मलाई कमल ऐक्चै मगरले निर्देशन गरेका छन् ।

विश्वका विभिन्न देशहरुमा च्यारिटि शो गर्नका लागी चलचित्र अन्तिम तयारीमा छ । नेपालमा भने मंसिर २१गते बाट देशभर प्रर्दशनमा आउँदैछ ।

पहिल्लो समय नयाँ पुस्तामाझ मौलाएको प्रेमलाई फेसनका रुपमा लिने प्रचलनको बढ्दो देखिन्छ । विकृतिसँगै यसबाट समाजमा पर्न गएको नकारात्मक प्रभावको चित्रण समेत चलचित्र शिरफुलमा गरिएको छ । फिल्म ‘शिरफुल’ एक उत्कृष्ट मौलिक चलचित्र बनेको निमार्ण पक्ष बताउछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार