कुरा काट्नेहरुलाई कडा जवाफ, प्रियंका आयुषमानले फेरी गरे ईन्गेजमेण्ट

काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले पूनः ईन्गेजमेण्ट गरेका छन् ।केहि समय अघि मात्र ईन्गेजमेण्ट गरेका यी जोडीले शनिबार पारिवारिक जमघटका बिच होटल द्वारिकाजमा दोस्रो पटक एकअर्काको औँठी साटासाट गरे ।

लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । सिमित चलचित्रकर्मीहरुको उपस्थितिमा पुनः प्रियंका र आयुष्मानले औँठी साटेका थिए ।कार्यक्रममा दीपकराज गिरी ,दिपाश्री निरौला ,बर्षा राउत, संजोग कोईराला,निश्चल बस्नेत स्वस्तिमा खड्का लगायत बधाई दिन उपस्थीत थिए ।

दोस्रो पटक औँठी साटासाट गर्दैगर्दा मख्ख देखिएका आयुष्मान र प्रियंकाले एकै रंगको पहिरन लगाएका थिए । प्रियंकाले खरानी रंगको लेहगा लगाएकी थिइन् भने आयुष्मान सुटमा ठाँटिएका थिए । औँठी एकअर्कालाई लगाएपछि दुवैले प्रेमिल गीतमा नृत्य पनि गरे ।

पहिलोपटक ईन्गेजमेण्ट गरेलगत्तै फिल्म ‘कथा काठमाडौं’को एक गीतको भिडियोमा नायिका प्रियंका र नायक प्रमोद अग्रहरी बिचको आपत्तीजनक दृश्यहरु सार्बजनीक भएसँगै आयुषमान र प्रियंका बिचको सम्बन्ध के होला भन्ने तर्कबितर्क सामाजिक संजालमा गरीएको थियो ।त्यसै आलोचनालाई चिर्न आयुष्मान र प्रियंकाले हालै फेरी ईन्गेजमेण्ट गरेको हुनसक्ने धेरैले तर्क गरेका छन् ।

प्रियंकाको आयुष्मानसँगको दोस्रो विवाह हो। झण्डै आठ वर्षअघि उनले अमेरिकामा रोचक मैनालीसँग विवाह गरेकी थिइन्। अमेरिकामा पढ्न गएको बेला त्यही कम्प्युटर इन्जिनियरका रुपमा काम गरिरहेका मैनालीसँग सन् २०१० जुलाईमा भेट भएपछि विवाह भएको थियो। तर तीन वर्ष पछि प्रियंका र रोचकको डिभोर्स भएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार