केनको गोलसँगै टोटनह्याम विजयी

ह्यारी केनको गोलको मदतमा टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा फुलहमलार्इ ३–१ गोल अन्तरले हराउँदै टोटनह्यामले विजयी यात्रा कायमै राखेको हो ।

खेलमा टोटनह्यामले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेको थियो । उसका लुकास मोउराले गोल गरे ।

दोस्रो हाफो सुरूमा नै मिटरोभिकले फुटहमका लागि बराबरी गोल गरे । तर, ट्रिपियाले ७४ औं मिनेटमा गोल गदै टोटनह्यामलार्इ अग्रता दिलाए । तीन मिनेटपछि नै केनले गोल गर्दै जित सुनिश्चित गरे ।

प्रिमियर लिगमा सिजनको पहिलो महिना भएका १४ खेलमा केनले गोल गन सकेका थिएनन् । तर, यो पटक उनी दोस्रो खेलमा नै गोल गर्न सफल भएका छन् ।

अन्य खेलमा लिसेस्टर, इभटन र बोर्नमाउथ विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार