
लिस्बोन । नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि स्थापित चर्चित नेपाली पप गायिका नलीना चित्रकार पोर्चुगल आइपुगेकी छिन्। आज अगस्ट १९ तारिख आइतबार उनले धमकेदार प्रस्तुति दिने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगल र संघिय नेपाली महिला फोरम, पोर्चुगलले संयुक्त रुपमा आयोजना गर्न लागेको “नलिना एकल साङ्गितिक साँझ” कार्यक्रमका लागि गायिका चित्रकार पोर्चुगल आइपुगेकी हुन्।
नेपालको सुदूर पश्चिमका महिला तथा बालबालिकाहरुमा लागेको गम्भिर प्रकृतिका रोगको उपचारार्थ सहयोग स्वरुप नलीना एकल साङ्गितिक साँझको आयोजना गरिएको कार्यक्रम संयोजक बिनोद स्पन्दनले जानकारी दिए ।

गायिका चित्रकार हाल यरोप भ्रमणमा रहेकी छन्। यूरोपका विभन्न देशमा आफ्नो साङ्गितिक प्रस्तुति दिदै पोर्चुगल आएकी गायिका चित्रकारले आफ्ना पुराना तथा नयाँ गीतहरुमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिनेछिन्।
उक्त साङ्गितिक कार्यक्रम लिस्वोन स्थित प्रासा दा स्पान्यामा रहेको रेष्टुरेण्ट ओक मुण्डोमा हुने आयोजकले जनाएको छ। आईतबार बेलुका ८ बजे देखी १२ बजेसम्म हुने उक्त च्यारीटी डिनर तथा साङ्गितिक साँझ कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीलाई आयोजकहरुले आग्रह गरेका छन् ।
















