
बलिउड अभिनेत्री प्रियंका चाेपडा अाजभाेली निकै चर्चामा छिन् । उनी प्रेमी निक जोनससँगको र्इंगेजमेन्टका कारण चर्चामा छिन् ।
शनिबार साेसल मिडिया मार्फत नै उनले निकसंगकाे सम्बन्धलार्इ स्वीकार गरेकी छन् । उनले सम्बन्ध पुष्टी गरे लगत्तै सेलिब्रिटीदेखि उनका प्रशंसकले उनलार्इ बधार्इ दिए । बधार्इ दिने मध्ये प्रियंकाका पूर्व प्रेमी शाहिद कपुर पनि समावेश छन् ।
हालै एक कार्यक्रममा शाहिदलार्इ प्रियंकाको इन्गेजमेन्टबारे प्रश्न सोधिएको थियो । उत्तर दिँदै उनले भने, ‘म उनको लागि निकै खुसी छु, धेरै बधाई । विवाह निकै सुन्दर चीज हो र यो म अनुभवसहित भन्न सक्छु । अल द बेस्ट ।’
फिल्म ‘कमिने’ को सुटिङका बेला प्रियंका र शाहिदकाबारे निकै चर्चा थियाे । यद्यपी, आफूहरु डेटिङमा रहेको बारे उनीहरुले कहिले स्विकारेनन् । एक दिन बिहानै कर कार्यालयले छापा मार्दा प्रियंकाको अपार्टमेन्टको ढोका शाहिदले नै खोलेको भन्ने पनि भारतिय मिडिहरूमा गसिप बनेकाे थियाे ।
















