अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । युवा स्टार अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । अनमोललाई एक फुटबल खेलाडीको अवस्थामा चित्रण गरिएको छ ।

अनमोल ११ नम्बरको जर्सीमा खेल मैदानमा देखिएको छ । निर्देशक दीवाकर भट्टराईले आज शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा भएको छैन ।

भुवन केसीको निर्माण रहेको ुक्याप्टेनु मा अनमोलले दुई नयाँ (अभिनेत्रीसँग स्क्रिन साझेदार गरेका छन् । यस फिलममा अनमोलको साथै सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार,उपासना सिंह ठकुरी र प्रियंका ,विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

चन्द्र पन्तको द्वन्द्व रहेको फिल्म ‘क्याप्टेन’ माअर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । दिर्घ खड्काले सम्पादनको जिम्मेवारी लिएको स्रातले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार