नेपाली जनप्रगतिशील मोर्चा ( विप्लव समुह) पोर्चुगलको अधिवेशन डिसेम्बर २ मा हुँदै

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपालार्इ नैतिक समर्थन गर्ने नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलको बैठक ३० अगष्ट बिहिबारका दिन सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष विष्णु भुजेलको प्रमूख आतिथ्य र संगठनका संयोजक इन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले संगठनको अधिवेशन आउदो डिसेम्बर २ तारिखमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

महान शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी शुरु गरिएको वैठकले निम्न निर्णयहरु गरेको छ ।

१) नेपालमा सामाजिक फासीवादी सरकारले क. विप्लवको नेतृत्वमा रहेको नेकपाका नेता तथा कार्यकर्ताहरुमाथि गरेको दमन तथा धरपकडको भ्रत्र्सना गऱ्यो । बैठकले प्रहरी हिराशतमा रहेको नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओम प्रकाश पुन, उमा भुजेल, मोहन कार्की, कृष्ण धमला केन्द्रीय सदस्य लगायत सयौ नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आह्वान समेत गरेको छ ।

२) सरकार तथा प्रशासनका व्यक्तिहरुकै मिलेमतोमा भएका बलत्कार तथा हत्याका घटनाहरुमा दोषीलाई कार्वाही गर्नाको सट्टा सफाइ दिने सरकारी रवैयाको भ्रत्र्सना गऱ्यो ।

३) विभिन्न तवरबाट पोर्चुगलमा आइपुगेका नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुले भोगीरहेका समस्याहरुलाई अध्ययन गर्ने, विभिन्न प्रलोभनमा परेर उत्पिडीत भएका दाजुभाइ तथा दिदीवहिनीहरुको समस्या सामाधानमा सहजीकरण गर्न पहल गर्ने निर्णय गऱ्यो ।

४) मोर्चाको अधिवेशन २ डिसेम्वर २०१८ आइतवार भव्यताका साथ सम्पन्न गर्नको लागि निम्नानुसारको अधिवेशन आयोजक समिति निर्माण गरिएको छ ।

१ संयोजक -इन्द्र न्यौपाने

२ सचिव -पुर्ण वहादुर विश्वकर्मा

सदस्यहरु- मिङ्गमार लामा, टंक खड्का, अंशु थापा, धर्म क्षेत्री, भुवन सिंखडा, चयन मगर, गोविन्द थापा, हिक्मत बिक, केपि काफ्ले, सौगात विष्ट, अनिल ठाकुर, अजित पुन, गंगा थापा न्यौपाने, छविलाल विक, योगेन्द्र थापा, आशिष न्युरे,कमान सिं रोकामगर, अनन्त तिवारी, बाबुराम तुम्बापो, प्रकाश बस्याल ।

इन्द्र न्यौपाने

संयोजक

अधिवेशन आयोजक समिति नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगल ३० अगष्ट २०१८

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार