नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेल नेपाली समुदायलाई सम्बोधन गर्न आगामी सेप्टेम्बर २० तारिख पोर्तुगल आउने भएका छन् । सोही दिन सम्बोधनपछि पौडेलको आतिथ्यतामा अन्तरकृया कार्यक्रम समेत हुने नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरेले बताएका छन् ।

नेता पौडेल युरोपका विभिन्न देशहरुले आयोजना गरेका कार्यक्रमहरुमा भाग लिन युरोप आउदै छन् । सेप्टेम्बर १५ तारिख बेल्जियम पुग्ने नेता पौडेलले बेल्जियममा १७ तारिखका दिन सम्बोधन गर्नेछन् ।
नेता पौडेलको भ्रमण तालिका अनुसार १८ तारिख फ्रान्स, २१ तारिख स्पेन, २२ तारिख स्वीटजरल्यान्ड, २३ तारिख लक्जम्बर्ग, २४ तारिख जर्मनी र २५ तारिखका दिन नेदरल्यान्डसमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय भएका छन् ।
नेपाली जनसम्पर्क समिति पोर्तुगलले सेप्टेम्बर २० तारिखका दिन पोर्तुगलमा रहेका सबै नेपाली समुदायलाई उपस्थित भइदिन हुन र सो दिन कार्यक्रम नजुधाईदिन हुन अनुरोध गरेको छ
कार्यक्रम तालिका :
मिति : २० सेप्टेम्बर, २०१८
समय : दिनको ठिक ३ बजे
स्थान जिनाजियो हल , आन्जोस
















