एसिया कप छनोट : नेपालको खराब प्रदर्शन, झिनो योगफलमै अलआउट


काठमाडौं : मलेसियामा जारी एसीसी एसिया कप क्रिकेट छनोट अन्तरगत हङकङविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गर्दै हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्रै बनायो ।

पहिलो ओभरको दोस्रो बलमा नै सुवास खकुरेलको रुपमा पहिलो विकेट गुमाउपछि धर्मराएको नेपालको ब्याटिङ लाइन चल्न सकेन । नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन जोडे । अनील कुमार शाहले १५, पारस खड्काले १४, ज्ञानेन्द्र मल्लले ११ र वसन्त रेग्मीले नटआउट १५ रन जोडे ।

अघिल्ला खेलमा राम्रो प्रदर्शन गरेका दीपेन्द्र एेरी २ रनमै पेभिलियन फर्किए । आठौं विेकटका लागि आरिफ शेख र वसन्त रेग्मीले गरेको ३४ रनको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी रह्यो । हङकङका लागि इसान खान एक्लैले नेपालको ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार