– सरोज तामाङ
ढाका (बंगलादेश) । साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भयो ।
खेलको ३४ औं मिनेटमा पेनाल्टीमा गोल खाएर पछि परेको नेपालले ८२ औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । तर खेलको अन्तिम मिनेटमा गोल खाएपछि हार व्यहोर्न बाध्य भयो ।
















