जापानमा शक्तिशाली भूकम्प जाँदा पहिराे खसेर घरहरु पुरिए, ३० लाख घरमा अन्धकार

एजेन्सी ।

जापानको उत्तरी क्षेत्रमा रहेको आइल्याण्ड होकाइदोमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएकाे छ ।


भूकम्पका कारण पहिरो जाँदा विभिन्न ठाउँमा घरहरु भत्किएका र पुरिएका छन् । सीएनएनले जनाएअनुसार भूकम्पका कारण अहिलेसम्म दुईजनाको ज्यान गएको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।


घरहरु भत्किएपछि हजाराैँ नागरिक विस्थापित भएका छन् । तर तत्कालका लागि सुनामीको खतरा भने नरहेकाे जनाइएकाे छ । पहिराेकै कारण सडक समेत अवरुद्ध भएका छन् भने कैयाैँ ठाउँमा सडक भत्किएका छन् ।

भूकम्पपछि विद्युत आपूर्ति बन्द भएको छ, यसले करिब ३० लाख घरमा अन्धकार छाएकाे जनाइएकाे छ । भूकम्पका कारण घाइते भएका र फसेकाहरुकाे तत्कालै हेलिकप्टरबाट उद्धार गरिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार