ऐश्वर्याले हात पारिन अवार्ड

मुम्बई : ऐश्वर्या राय बच्चनले ‘मेरिल स्ट्रिप अवार्ड फर एक्सिलेन्स’ अवार्ड हात पारेकी छन्। पूर्व मिस वल्र्ड ऐश्वर्यालाई उनले भारतीय फिल्म उद्योगमा दिएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।

फिल्म र टीभीका उत्कृष्ट महिला अभिनेत्रीलाई सम्मान गर्न ‘उमन इन फिल्म एन्ड टेलिभिजन’ (डब्लूआईएफटी) इन्डिया अवार्ड स्थापना भएको हो। यो अवार्डमा बलिउड र हलिउडका महिला अभिनेत्रीलाई छानिन्छ।

यसमा पहिलोपटक ऐश्वर्या राय बच्चनलाई भारतीय फिल्म उद्योगबाट मेरिल स्ट्रिप एक्सिलेन्स अवार्डका लागि चुनिएको हो। ऐश्वर्यासँगै फिल्म मेकर जोया अख्तर र धडक फिल्मबाट बलिउडमा डेब्यु गरेकी श्रीदेवीकी छोरी जानवी कपुरलाई पनि समारोहमा सम्मानित गरिनेछ।

आइतबारसम्म चल्ने अवार्ड सेरेमोनीमा साउथ एसियन फिल्म फेस्टिभल पनि आयोजना हुँदैछ। ऐश्वर्याको प्रसिद्धि विश्वभरि भएकाले पनि सन् २००२ मा उनीद्वारा अभिनीत फिल्म ‘देवदास’ कान्स फिल्म फेस्टिवलमा देखाइएको थियो। एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार