म्याग्देली प्रवासी नेपाली समाज ( मोना ) पोर्तुगलले पहिलोपटक अलन्तेजो क्षेत्रमा तीज कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रम मोना पोर्तुगल अलन्तेजो क्षेत्रका अध्यक्ष मनिप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रम सफल बनाउन यातायात व्यस्थापन समाजका संरक्षक ओकिल केसीले गरेका थिए भने चेलीबेटीहरुलाई दर र खानाको व्यस्थापन इन्द्र बरुवाल र इन्द्र रोकाले गरेका थिए।

सो कार्यक्रम संचालन समाजकी उपाध्यक्ष मिना पुनले गरेकी थिईन् भने स्वागत मन्तब्य धनुष छ्यन्त्यालले गरेका थिए। कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई पोर्तुगलका चर्चित डिजे सुर्जे भट्टचनले छमछमी नचाएका थिए।

त्यस्तै मोनाको अन्तरास्ट्रिय सम्मेलन अक्टोबर २१- २२ साना होटेल लिस्बोनमा हुदैछ र त्यस दिनमा कुनै पनि कार्यक्रम नजुधाईदिन हुन र कार्यक्रममा उपस्थित भईदिनहुन मोनाले सरोकारवाला सबैमा अनुरोध समेत गरेको छ।
















