
काठमाडौं, २७ भदौ । नेपालले साफ च्याम्पियनशीपको आफ्नो यात्रालाई यसपटक पनि सेमिफाइनल भन्दा अघि बढाउने सकेन् । त्यसमाथि पनि यसपटक माल्दिभ्ससंग तीन शून्यको लज्जापद पराजय भोग्दै नेपालले यात्रा अन्तिम चारमा नै टुंग्याएको छ ।
बगलादेशको ढाका स्थितढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाल एक शून्यले पछि परेको अवस्थामा नेपाल खेलको सुरुवाती समय देखि नै मैदानमा संघर्ष गुर्न परेको थियो । माल्दिभका लागी खेलको ९ औं मिनेटमा कप्तान अक्रम अब्दुल घातीले गोल गरेका थिए । जुन माल्दिभ्सको प्रतियोगितामा पहिलो गोल बन्यो ।
त्यस्तै माल्दिभका किपरले नेपालका धेरै आक्रमणलाई विफल तुल्याएको छ । माल्द्धिभ्सको टोलीको सटिक पास र एक पछिको अर्को आक्रमणका कारण नेपाली टोलीले जमेर खेल प्रदर्शन गर्न सकेको थिएन । खेलको ६० औ मिनेटमा भरत खवासको स्थानमा अञ्जन विष्ट र निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ मैदानमा एकै पटक आएपछि नेपालले खेललाई आफनो पक्षमा पार्ने विश्वास भएपनि नेपाल गोल गर्न सकेन ।
खेलको ८४ औ मिनेटमा माल्दिभले दोस्रो गोल र केहि मिनेट पनि वित्न नपाउदै तेस्रो गोल गरेपछि नेपाल स्तब्ध बन्यो । माल्दिभका लागि दोस्रो गोल अब्दुल्लाह र तेस्रो ईब्राहिम वादितले गरे ।
समयमा समग्र नेपालले दोस्रो हाफमा केहि मौकाहरु सृजना गरेपनि सदुपयोग भने गर्न सकेन । उता समुह चरणमा एक गोल पनि गर्न नसकेको माल्द्धिभ्स उपाधिका लागि फाईनलमा भिड्नेछ । बुधबारको नेपाल र माल्दिभ विचको खेल केही समय खराब प्रकाश भारी बर्षाका कारण रोकिएको थियो ।
















