
काठमाडौ । शिव श्रेष्ठ नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो । चार दशक भन्दा बढि समय यसै क्षेत्रमा विताइसकेका छन् ।
पछिल्लो समय उनै शिब श्रेष्ठद्धारा अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतको भिडियोमा बलत्कारविरुद्धको कथा समाबेस गरिएको छ । भिडियोमा अभिनेता श्रेष्ठसँगै नायिका हर्षिका श्रेष्ठ पनि फिचर्ड भएकी छन् ।
विश्व नेपालीको स्वर र संगीत रहेको यस गीतमा व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द छ । गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायांकन र निशान घिमिरेले सम्पादन गरेका छन् ।
















