जनजाति महासंघ पोर्तुगलको ५ औ अधिबेशन २३ सेप्टेम्बरमा, यस्तो छ निर्वाचन तालिका

  योगेन्द्रमिलन छन्त्याल

लिस्बन । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको पाँचौ अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ । निर्वाचन समितिको बैठकले आज कार्यतालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार सेप्टेम्बर १७ का दिन १२ बजे प्रतिनिधिहरुको नाम सार्वजनिक हुनेछ । १८ तारिख उम्मेदवारी दर्ता, १९ तारिख १२ बजेसम्म दाबी विरोध र उम्मेदवारी फिर्ताको समय तोकिएको छ । २० तारिख अन्तिम नामावली प्रकाशन हुनेछ । २३ तारिख ३ बजे निर्वाचन हुने तालिकामा उल्लेख छ ।

समितिले उम्मेदवारका लागि शुल्क पनि निर्धारण गरेको छ । शुल्क भने पद अनुसार अस्वभाविक रुपमा अन्तर देखिएको छ । अध्यक्षका लागि ४०० युरो तोकिएको छ भने उपाध्यक्ष र महासचिवका लागि २५० युरो, सचिव र कोषाध्यक्षका लागि १०० युरो र सदस्यका लागि ५० युरो तोकिएको छ ।

अधिवेशनमा प्रतिनिधिहरु मात्र उम्मेदवार हुन पाउनेछन् । प्रतिनिधिहरु मातृसंस्थाले तोक्दछन् । सात मातृसंस्थामध्ये ६ वटामा प्रतिनिधि छनौटको गर्मागर्मी बढेको छ । किराँत समाज भने अहिलेसम्म मौन रहेको छ ।

मगर समाजबाट चोपकुमार मगर, यामेन्द्र मगर, कमल पून मगर, गीता राना मगर र सुभाष पून मगर चयन भएका छन् । तामाङ समाजबाट सुनिता ब्लोन तामाङ, प्रदीप थिङ तामाङ, जानकी तामाङ, अगमसिङ तामाङ र सुशील स्याङ्तान चयन भएका छन् । किराँत याक्थुङ चुम्लुङबाट दीपा लिम्बु, मदन लिम्बु, अनिल लिम्बु, प्रेम लिम्बु र राज लिम्बु चयन भएको जानकारी प्राप्त भएको छ ।

नेवा पुचबाट रुपक श्रेष्ठ, खेम श्रेष्ठ र विशाल माथेमालगायतका प्रतिनिधि आउने बताइएको छ । शेर्पा एशोशिएशनले प्रतिनिधिको विषय आइतबार मात्र टुङ्गो लगाउने कुरा अध्यक्ष ओङ्गेल लामाले बताए । स्रोतका अनुसार तमु समाजले प्रितम गुरुङ, हेम गुरुङलगायत प्रतिनिधिको निश्चित भैसके पनि थप तीनजनाको नाम भने बाहिरिएको छैन ।

निर्वाचन समितिको संयोजकमा रमेशकुमार गुरुङ रहेका छन् । सदस्यहरुमा गणेश याक्खा, चीजकुमार तामाङ, धनराज शेर्पा र नारायणकाजी थापा मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार