सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको भन्दै मन्त्रालय घेराउ गरिएको हो । स्वास्थ्य सेवामै लागि रहेकालाई उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि संघ र प्रतिष्ठान विरोधमा उत्रिएका हुन् ।स्वास्थ्य सेवामा कामै नगरेका र नजिकबाट अनुभव संकलन नगरेका चिकित्सकलाई उपकूलपतिमा सिफारिस गरिए न्यायोचित नहुने संघको दावी छ ।
मुलुकको एक मात्रै पूरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकूलपति नियुक्ती गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ । स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरेमा सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ ।
















