नेपालमा शृङ्खलाबद्धरूपमा बालिका र महिलाहरुमाथि भइरहेको बलात्कार, हत्या र हिंसाविरुद्ध सातसमुन्द्र पारीको युरोपियन मुलुक पोर्तुगलमा समेत नेपालीहरुले प्ले कार्ड सहित बिरोध गर्दै प्रदर्शन गरेका छन् । यस्तो प्रदर्शन नेपाल बाहिर युरोपमा पहिलो पटक भएको जनाइएको छ । पोर्तुगलमा रहेका नेपाली पत्रकारहरुको साझा सोसियल फोरम नेपाली जर्नालिस्ट क्लब पोर्तुगलको तत्वाधानमा पोर्तुगलको राजधानी लिस्बोनको मुटु प्रासा दु कमर्सिइयो रोसियोबाट नेपालभर भइरहेको बलात्कार, हत्या र हिंसा विरुद्धको प्रदर्शनमा परदेशबाट समेत ऐक्यवद्धता जनाइएको हो ।

पोर्तुगलको प्रदर्शनमा ऐक्यवद्धता जनाउन एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, उपाध्यक्षहरु गोविन्द सापकोटा, नारायणकाजी मगर, प्रवासी नेपाली मंच पोर्तुगलका वरिष्ठ उपाध्यक्ष रोबर्ट लिम्बु, महासचिव राजकुमार थापा, सचिव सरला तिमिल्सिना , नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बराल, उपाध्यक्ष निर्मला ढकाल खराल, महासचिव मिनामाया खरेल लगायत उल्लेख्य मात्रामा नेपाली महिलाहरुको उपस्थिति थियोे ।


प्रदर्शनपछिको छोटो कार्यक्रमलाई नेपाली जर्नालिस्ट क्लब पोर्तुगलका संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका महासचिव योगेन्द्रमिलन छन्त्यालले संचालन गरेका थिए भने एनआरएनए अध्यक्ष कुबेर कार्की, प्रवासी नेपाली मंचका वरिष्ठ उपाध्यक्ष रोबर्ट लिम्बू, नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बरालले संक्षिप्त मन्तव्य ब्यक्त गर्दै बलत्कारी र हत्याराहरुलाइ कडा कार्वाही र ससक्त कानुनको माग गरेका थिए ।
कार्यक्रममा नेपाली जर्नालिस्ट क्लब पोर्तुगलका संस्थापक सदस्यहरू योगेन्द्रमिलन छन्त्याल, राजकुमार थापा, गणेश पाण्डेय, प्रविण धिताल लगायतको उपस्थिति थियो ।
















