रामचन्द्र पौडेलको बेल्जियम कार्यक्रम बहिष्कार गर्न देउबा गुटको आब्हान – के पोर्तुगलमा देउवा पक्षका कांग्रेसीहरुले बेल्जियममा जस्तै कार्यक्रम बहिष्कार गर्लान्?

लिस्बोन । दुई साता लामो तुफानी युरोप भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध युरोपमा नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समितिहरु नै बक्तब्यबाजी गर्दै मैदानमा उत्रिएका छन् ।

जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुभाष गुरुङले एक बक्तब्य प्रकाशित गरि पौडेलको युरोप भ्रमण र बसाईले पार्टीलाई अत्यन्त कमजोर बनाउने र गुटबन्दीमा लैजाने दावी गरिएको छ ।

युरोपका जनसम्पर्क समितिहरुलाइ सही निर्णय गर्न आह्वान गरिएको बक्तब्यमा वरिष्ठ नेता पौडेलको युरोप भ्रमण पार्टी पद्धति बिपरित रहेकोले बेल्जियममा उनी सहभागी हुने कार्यक्रम उपस्थित हुन नसक्ने गुरुङद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रम बहिष्कारका वावजुद पनि आज बेल्जियममा पौडेलले आज सम्बोधन गरेका छन् ।

बरिष्ठ नेता पौडेलले सेप्टेम्बर २० तारिख पोर्तुगलमा हुने अन्तरक्रियालाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम रहेको छ, तर बेल्जियममा जस्तै देउवा पक्षका कांग्रेसीहरुले के पोर्तुगलमा कार्यक्रम बहिष्कार गर्लान्? त्यो हेर्न भने बाँकी छ।

हेर्नूहोस् बिज्ञप्ति जस्ताको तस्तै :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार