बेलायतका २ जना नेपालीले जर्मनीको बर्लिन म्याराथन सफलता पुर्वक दौडिए

सेप्टेम्बर १६ आइतबार जर्मनीको बर्लिनमा आयोजित बिएमडब्लु बर्लिन म्याराथनमा बेलायत बाट २ जना नेपालीहरु नेपाली सेफ पाण्डव महतो र इन्जिनियर रामहरी पौडेलले सफलता पुर्वक भाग लिएका छन् ।

क्यान्सर जस्तो घातक रोगलाई जितेका बेलायतवासी सिराहाका पाण्डव महतोले ४२ किलोमिटरको दौड ४ घण्टा भन्दा कम समयमा पार गरेका थिए । उनि आगामी बर्षको लन्डन म्याराथुनमा पनि दौडने भएका छन् ।

२००८ मा पेटको आमासयको क्यान्सर भएका महतो केमो थेरापी गर्दै काम गर्दै आफ्ना २ सन्तान १ छोरा र १ छोरीलाइ बेलायतमा पालन पोषण गर्दै आएका हुन् । पेसाले रेस्टुरेन्टका सेफ महतो नेपाली र इन्डियन खानालाई मिलाएर नयाँ स्वादमा स्वास्थ्य बर्धक अनि अर्ग्यानिक रेसिपी बनाउनु उनको सौख रहेकों छ ।

हरेक शनिबार पार्क रनमा ५ किलो मिटर दौड्ने र साझ बिहान फुर्सदमा छोराछोरीसंग पार्कमा दौड्ने उनको बानी नै बसेको छ । ३० मिनीट मा ५ किलोमिटर दौडने गरेका महतो सन २०२०मा मेची देखि महाकाली सम्म दौडने योजनामा छन् ।

हप्तामा १ दिन समाज सेवामा पुरा दिन प्रदान गर्ने गरेका छन् । कुनै पनि सामाजिक संस्थालाई कुक वा खानको स्टल राखेर च्यारिटी फन्डको लागी काम गर्न परे उनी सित्तैमा काम गर्दिने गर्दछन ।आफुले क्यान्सर रोग जितेर नयाँ जीवन पाएर जीवनमा अरुलाई पनि केहि सहयोग र सेवा गर्न उर्जामिलेको बताउँछन ।

कुल ४२ दशमलव २ किमीको दुरी रामहरी पौड्यालले ५ घण्टा १५ मिनेटको समयमा सफलतापूर्वक पूरा गरे ।
क्यान्सर रिसर्च यूकेको सहयोगार्थ पौड्यालले बर्लिन म्याराथनमा भाग लिएका हुन् ।

गत वर्षको अप्रिलमा उनले पहिलोपटक पेरिस म्याराथन दौडिएका थिए । उक्त म्याराथनको तुलनामा यसपटक उनले २४ मिनेट छिटो कुल दूरी पार गर्दै आफ्नै रेकर्ड तोड्न पनि सफल भएका छन् ।

त्यसबाहेक बर्लिन म्याराथनमा पौड्यालले पूरा अवधि नेपालको झण्डा बोकेर दौडिएका थिए । त्यसक्रममा कतिपय दर्शकहरुले नेपालको झण्डाबारे जिज्ञासा राखेको र केहिले नेपाल भन्दै हुटिंग समेत गर्दा आफुले गौरवान्वित महसुस गरेको उनले सुनाए ।

पौड्यालले अर्को वर्ष लण्डन म्याराथन पनि दौडिदैछन् । विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएका पौड्याल हाल यहांकोे स्वान्जी युनिभसिर्टिमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङमा पिएचडी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार