लन्डन दुतावासमा नेपाली संबिधान तथा राष्ट्रिय दिवस यसरी मनाईयो ! ( भिडियो सहित )

लण्डन । लण्डनस्थित नेपाली दूताबासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ । बिहीवार लण्डनस्थित नेपाली दुतावासमा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा प्रिन्स माइकेल अफ केन्ट उपस्थित भए । केन्ट नेपाली दुतावास भवनमा उपस्थित हुदाँ वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले स्वातगत गरेका थिए । नेपाल सरकारले संविधान दिवसलाई नेसनल डेको रुपमा मनाउदै आएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको संविधानले, सुशासन, दिगो शान्ति, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने विश्वास दिलाए । नेपाली जनताको ठुलो मेहनत र परिश्रमले बनेको नयाँ संबिधान राजनीति स्थाइत्व र नेपालको बिकाश र सम्वृद्धिको लागी कोशे ढुंगा रहेको बताउँदै सम्पूर्ण बेलायत , नर्दन आएरलेन्ड , माल्टा लगायत बिश्वभर रहेका नेपालीहरुका तर्फबाट संबिधानका लागि प्रण उत्सर्गगर्ने ज्ञात-अज्ञात सहिदहरुलाई श्रद्धान्जली अर्पण गर्दै सम्बिधान तथा राष्ट्रिय दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरे । यसै अवसरमा सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२०मा सहयोग गर्न सम्पूर्ण बेलायत वासीमा अनुरोध पनि गरे ।

Speech from Ambassador of Nepal to UK HE Dr. Durga Bahadur Subedi :

https://www.facebook.com/jaganbimal/videos/10156550418767744/

कार्यक्रमका प्रमुख अथिती प्रिन्स माइकल अफ केन्टले २ वर्ष अगाडी नेपालले संबिधान जारी गरेर लोकतान्त्रिक स्थाइत्वको बाटो लिएकोमा खुशी व्यक्त गरे । नेपाल र बेलायतको सम्बन्ध २०० बर्ष देखिको लामो अन्य मुलुक हरु भन्दा पृथक रहेको छ । प्रमुख बेलायतको सरकार र अन्य निकायहरु नेपालको विकासमा हातेमालो गरिरहेको र मेरो आफ्नो च्यारिटी पनि नेपालमा काम गर्न खोज गरिरहेको भन्दै नेपालको प्रगतिमा सधै साथ् दिने बताए । गोर्खा शैनिकहरु बिश्वका बहादुर भन्दा बहादुर रहेको जसले बेलायतको सुरक्षामा ठुलो सहयोह गरेकोमा सराहना ब्यक्त गरे । माइकेलले छिट्टै नेपालको भ्रमण गर्ने इच्छा रहेको जानकारी समेत कार्यक्रममा दिए । उनी एसियाली बालबालिकाको हितका लागि काम गर्ने एक कल्याणकारी संस्था केयर फर चिल्ड्रेनसंग आवद्ध छन् ।

Speech from Prince Michael of Kent:

https://www.facebook.com/jaganbimal/videos/10156550457172744/

चुस्त व्यवस्थापन ,राज्तुत र प्रमुख अथितिको छोटो मन्तब्य अनि थोरै संस्कृतिक कार्यक्रम देखि प्रभावित भएर उपस्थित अधिकाम्सले बेलायतमा विभिन्न संघसंस्थाहरुले गर्ने गरेका भद्दा खालका खादा, माला अनि भासण बाजिका कार्यक्रमहरुले दुतावासबाट सिक्नु पर्ने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा प्रिन्स माइकलका अलावा मेम्बर अफ पर्लियामेन्ट तथा फिल्ड मार्शल सर जोन च्यापल , बेलायतका डिप्लोमेटिक कोरका डिन खालिद पल्दुआइसन् जिसिबी , विभिन्न देशका राजदुतहरु लगायतका बिशिस्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । वेलायतस्थित अधिकांस नेपाली संघसँस्थाका प्रतिनिधीहरु लगायतको बाक्लो उपस्थितीरहेको कार्यक्रमको संचालन दुतावासका उप्नियोक प्रमुख कन्सुलर तथा प्रवक्ता शरद राज अरणले गरेका थिए ।

Cultural Program Video :

https://www.facebook.com/nepalexpress/videos/324247608348667/
– Himalayamail

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार