नेपाली नारी समाज पोर्चुगलको अधिबेशन १६ डिसेम्बर २०१८ आइतबार हुने

नेपाली नारी समाज, पोर्चुगलले महिलाहरु माथी भएका अन्याय, अत्याचारका विरुद्ध आवाज उठाउदै पोर्चुगलमा बसोबास गर्ने महिला हरुको हकहितका पक्षमा साथ र सहयोग गर्दै आएको कुरा सबै लाई अवगत नै छ । हिजोका दिनहरुमा नेपालमा पनि समय समयमा आर्थिक तथा स्वास्थ्य र जनचेतानाका कार्यक्रम गर्दै आएको छ।

३० सेप्टेम्बर २०१८ आइतबार यसै समाजको दोस्रो ऐतिहासिक अधिबेशनको तयारी भइ रहेकोमा बिबिध कारणवस सोहि मिति मा नभई १६ डिसेम्बर २०१८ आइतबार का दिन गर्ने निर्णय समाजको सेप्टेम्बर १९ बिहिबार बसेको बैठकले गरेको छ । सोही दिन कुनै पनि कार्यक्रम नजुधाइ सहयोग गर्न सामाजले पोर्चुगलमा स्थित सम्पुर्ण संघ सस्थाहरु लाई अनुरोध पनि गरेको छ ।

साथै अधिबेशन भब्य रुपमा सम्पन्न गर्ने तयारीका साथ तीब्र रुपमा अगाडी बढिरहेको कुरा जनाएको छ। उक्त समाजको सदस्यता वितरण तिव्र गतिमा भैरहेको हुदा सदस्यता लिन इच्छुक महिला दिदीबहिनीहरुले समाजका कार्य समितिका दिदीबहिनीहरुसँग सम्पर्क राख्न अनुरोध गरेको छ । यसैगरी पोर्चुगलमा अवस्थित सम्पुर्ण संघ सस्था ,मिडिया,पत्रकार तथा सामाजिक जिम्मेवार र बुद्धिजीविहरुलाइ आ-आफ्नो क्षेत्रबाट सहयोगको भुमिकाका लागी अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार