छिरिङ्ग ,अनुराग र कथा काठमाडौँ मध्ये कसले कति कमाउला ?

फ्राइडे रिलिज अन्तर्गत यो साता ३ वटा नेपाली सिनेमाहरु एकसाथ प्रदर्शनमा आएका छन्। ऋषि धमला निर्माता रहेको र उनकी पत्नी एलिजाको अभिनय रहेको सिनेमा ‘अनुराग’, यशकुमार निर्देशित सिनेमा ‘छिरिङ’ र संगिता श्रेष्ठ निर्देशित सिनेमा ‘कथा काठमाण्डौँ एक साथ प्रर्दशनमा आएका हुन्।

रमाइलो संयोग के हो भने यो सातादेखि प्रर्दशनमा आएका सिनेमाबाट नेपाली चलचित्र क्षेत्रले ३ नयाँ निर्देशक पाएको छ। अनुरागबाट सत्यराज चौलागाईँ, छिरिङबाट यशकुमार र कथा काठमाडौँबाट संगीता श्रेष्ठ। उनीहरुले ३ जनाले नै पहिलो पटक सिनेमा निर्देशन गरेका हुन्। तीन नवनिर्देशकमध्ये कसको सिनेमाले दर्शकको मन जित्ला त्यो भने आइतबारसम्मको कारोबार र दर्शकको प्रतिक्रियामा भर पर्छ।

म्युजिकल लभस्टोरी चलचित्र ‘अनुराग’बाट धमला पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डित नेपाली चलचित्रमा डेव्यु गर्दैछन्।

सत्यराज चौलागाईले निर्देशन गरेको चलचित्रमा एलिजा र समुन्द्रका अलवा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।

त्यस्तै अभिनेता तथा गायक समेत रहेका यश कुमारले पहिलो पटक निर्देशन गरेको सिनेमा छिरिङ पनि यही शुक्रबारबाट प्रर्दशनमा आएको छ। निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तु हो।

उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ। चलचित्रमा यश कुमार, निमा रुम्बा, कामना भुजेलको मुख्य अभिनय रहेको छ। सिनेमाको बिहीबार काठमाण्डौँमा रेड कार्पेट सहित प्रिमियिर गरिएको छ।

त्यस्तै सञ्चाकर्मी संगिता श्रेष्ठले पहिलापटक निर्देशन गरेको सिनेमा कथा काठमाडौँ पनि प्रदर्शनमा आएको छ। गीत र प्रोमो रिलिजसँगै चर्चा र विवादमा आएको यो सिनेमामा सहरिया महिला हिंसाको कथालाई उठाइएको छ। जहाँ प्रियंका कार्की र प्रमोद अग्रहरीले मुख्य भूमिका निभाएका छन्। साथै संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायत कलाकारको अभिनय छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार