तरकारीको राजा : तामा एक फाइदा अनेक

तामाको नाम सुन्ने वित्तिकै धेरेको मुखमा मिठो पानी आउने गर्छ, तामाको अचार तर तरकारीले धेरैको मन लोभ्याएको हुन्छ । तर तामालाई धेरै परिकारको रुपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ । यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको तामा त साइलेण्ट डाक्टर अथवा ९अबोला वैद्य० पो रहेछ त। तिनीहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि के९के पाए त भन्ने कुरालाई यहाँ छोटकरीमा भए पनि राख्नैपर्छ, जुन कुराले यसको स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछ बाँसको तामामा कम क्यालोरीका तत्त्वहरू हुन्छन्

जुन कुरालाई हामी ‘छैन’९को बराबर ठान्न सक्छौं । त्यस्तै गरी यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ यसो हुनाले यो अब मधुमेहका रोगीहरूलाई पनि जच्ने परिकार भयो । अर्को्तिर, अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन ९सोझो अर्थमा ओजन कम गर्न०मा ठूलो सहयोग र्पुयाउँछ । यति कम चिनी हुने खाद्य परिकार अरु लगभग कुनै छैन ।यसमा फ्याट अनि सुगर पनि नगण्य रूपमा हुने हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो खाद्य परिकारलाई मुटुको स्वास्थ्यमैत्री खाद्य भनिएको छ ।

त्यस्तै गरी तामामा प्रोटिन भने उपयुक्त हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित हुन्छ जसको कारण यसले स्वास९प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।यदि सबै गुणयुक्त कुनै पनि स्वस्थकर सब्जीको सिफारिस गर्ने हो भने तामा एक नम्बरमा आउने भयो। हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको यो तामा यति गुणकारी छ भन्ने कुरा हालै मात्र सार्वजनिक भयो र अहिले एसियालीमुलुक छोड़ेर पाश्चात्य मुलुकहरूमा पनि यो सब्जी लोकप्रिय बन्दै गइरहेको छ।

यति हुँदाहुँदै पनि यसको अमिल्याइएको अचारहरू भने सबैको निम्ति सही नजच्ने हुँदा सबैले यस्ता अचारको सेवन नगरेको राम्रो हुन्छ। हड्डी सम्बन्धी कतिपय रोगमा यो सब्जी गुणकारी हुँदैन, यद्यपि हड्डीको विकास तथा निर्माणमा तामामा हुने क्याल्सियमले सहयोग र्पुयाउँछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार