चितवन समाज पोर्तुगलको प्रथम अधिवेशन सम्पन्न – अध्यक्षमा तुलसीराम थपलिया र महासचिवमा प्रेमचन्द्र भण्डारी निर्वाचित

चितवन समाज पोर्तुगलको प्रथम अधिवेशन आज लिस्बोनमा सम्पन्न भएको छ। अधिवेशनले तुलसीराम थपलियाको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ।

उपाध्यक्षमा सम्झना अधिकारी, मित्रमणि कंडेल, प्रकाश कडरीया र मिलन खरेल ,महासचिवमा प्रेम चन्द्र भन्डारी ,सचिवमा शोभा सापकोटा र प्रकाश कार्की ,कोषाध्यक्षमा रवि अर्याल लगायत १७ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ।

तुलसीराम थपलीयाको सभापतित्व र नरेन्द्र हमाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा एन आर एन ए पोर्तुगलका अध्यक्ष कुवेर कार्की, प्रवासी नेपाली मंचका अध्यक्ष गोविन्द पौडेल, पोर्चुगल एरीया अध्यक्ष श्याम ढकाल,जन संपर्क समितिका सभापति विनोद घिमिरे,नयाँ शक्तिका पोर्तुगलका संयोजक धन शेर्पा,एन आर एन संरक्षक रोवर्ट लिम्वु ,नारी समाजकी अध्यक्ष सीता बराल लगायतका महानुभावहरूले नव निर्वाचित समितिलाइ हार्दिक वधाइ र कार्यकाल सफलताको शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन समाजका सचिव प्रेम चन्द्र भन्डारीले गरेका थिए ।

सो कार्यक्रममा वक्ताहरूले चितवन समाजको विगतको कार्यकालको प्रशंसा गर्दै भावी दिनहरुमा चितवन समाज पोर्तुगलसंग हातेमालो गर्दै अघि वढ्ने चाहना व्यक्त गरेका थिए।
– फोटो : योगेन्द्र मिलन छ्न्त्याल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार