पोर्तुगलमा मृगौला पिडित चेलीलाई नेपाली नारी समाजको आर्थिक सहयोग ( भिडियो सहित )

पोर्तुगलमा दुवै मृगौला फेल भएकी एकजना पिडित नेपाली चेलीलाई नेपाली नारी समाजले आर्थिक सहयोग गरेको छ।

चितवन भण्डारा घर भई बिगत तीन बर्षदेखि लिस्बोनको राजधानी पोर्तुगलमा आफ्ना श्रीमानका साथ बस्दै आईरहेकी मृगौला पिडित गीता कंडेलका दुबै मृगौला फेल भएका छन्। तीन महिनादेखि लिस्बोनमै हप्तामा ३ दिन डाइलोसिस गराउदै आईरहेकी पिडित कँडेललाई स्वास्थउपचारमा सहयोग गर्न नारी समाजले सहयोग गरेको हो।

नेपाली नारी समाज पोर्चुगलले “तीज विशेष सास्कृतिक कार्यक्रम ” मा निज पिडितको नाममा सहयोगका लागि संकलन भएको रकममा समाजका पदाधिकारीहरुले थप गरी २४३ यूरो पिडितलाई आइतवार हस्तान्तरण गरेका छन्। सहयोग रकम हस्तान्तरण पोर्तुगलका पत्रकारहरुको रहोवरमा समाजका पदाधिकारीहरुको साथ समाजकी अध्यक्ष सीता बरालले प्रदान गर्नुभयो।

समाजकी अध्यक्ष बरालले सहयोग गर्नुहुने सहयोगी मनहरु लाई सहृदय धन्यवाद दिदै समाजले बिरामी गीता कंडेलको सिघ्र स्वास्थ लाभको कामना सहित सरोकारवाला सबैलाई सहयोग गरिदिन हुन अनुरोध गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार