“स्मार्ट” एनआरएनए युके – अब सदस्यता वितरण, उम्मेद्वारी र मतदान अनलाईन प्रक्रियाबाट गरिने (भिडियो सहित)

लन्डन – गैरआवासीय नेपाली संघ(एनआरएनए) बेलायतले अब आफ्नो सदस्यता वितरण, उम्मेद्वारी दर्ता र मतदान अनलाईन प्रक्रियाबाट गर्ने भएको छ।

एनआरएनए बेलायतको वेभसाइट प्रविधिमुलक,आधुनिकीकरण सदस्यता वितरण तथा जनजागरण विभागद्वारा आज लन्डनको प्लमस्टिडस्थित गोर्खा क्लबमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए युकेको सदस्यता लिन, उम्मेद्वारी दर्ता गर्न, मतदान गर्न लगायतका विभिन्न महत्वकांक्षी सेवाहरु अनलाईनबाट गर्न सकिने गरि एनआरएनए युकेको अनलाईन पोर्टलको सार्वजनिक गरिएको थियो।

उक्त विभागका संयोजक तथा एनआरएनए युकेका उपमहासचिव विनय अधिकारीले आजसम्म अपनाउँदै आएको झन्झटिलो सदस्यता वितरण प्रक्रियाबाट मुक्त गराउन साथै उम्मेद्वारी दर्ता र मतदान प्रक्रियालाई सहज गराउनलाई यो विभागले आजको समय अनुसारको कार्य गरेको बताए । उक्त आयोजित पत्रकार सम्मेलनमा अनलाईन प्रक्रियाबाट कसरी सदस्यता फारम भर्ने र फारममा के कस्ता प्रश्नहरु सोधिन्छन सो सम्बन्धि जानकारी गराइएको थियो।

सोहि कार्यक्रममा एनआरएनएन युकेको अनलाईन पोर्टलबाट दिन लागिएको स्मार्ट सुविधाका बारेमा पत्रकारले सोधेका विभिन्न जिज्ञासाहरुको जवाफ उपमहासचिव विनय अधिकारी र प्रवक्ता रमेश सिंह सारंकोटीले दिएका थिए।

एनआरएनए युकेको सदस्यता वितरण तथा सहजीकरण समितिका संयोजक एवं उपाध्यक्ष शेर सुनारले अबको नयाँ पुस्तालाई एनआरएन संस्था सहज र प्रविधियुक्त बनाउन पनि हामी एनआरएनएबाट दिने कार्यक्रम र सेवाहरु अनलाईनबाट दिनु पर्ने हुँदा हामी त्यस तर्फ जानलाई एनआरएनए युकेको वेभसाइट आजको जमाना अनुसारको आधुनिक प्रविधिपूर्ण बनाउन गई रहेको बताए। एनआरएनए हामी सबैको साझा संस्था भएको हुँदा बेलायतमा क्रियाशील झन्डै ३५० भन्दा बढी संघ संस्थाका कार्यसमितिका सदस्यहरु एवं तिनीहरुका सल्लाहकारहरु सबैले एनआरएनको सदस्यता लिन नछुट्न हुन उपाध्यक्ष सुनारले सबैसंग हार्दिक अनुरोध गरेका छन्। साथै तिनै संघ संस्थाका कार्यसमितिका सदस्य र सल्लाहकारबाट एनआरएनए बेलायतको सदस्यता वितरणमा सक्रिय सहयोग रहने हो भने बेलायतवासी सबैलाई यसै कार्यकालमा सदस्यता दिलाउन सकिने बताउँदै सबै पक्षबाट सकारात्मक सहयोग पु-याउनु हुन सबैलाई हार्दिक आह्वान गरेका छन्। उपस्थिति एनआरएनए कार्येसमिती सदस्य राजन खकुराल र सचिन श्रेष्ठले अहिलेको एनआरएनए को Online System बाट सजिलै सदस्य बन्न सकिने बारेमा खुलेर प्रसंसा गरेका थिए।

कार्यक्रमको समापन गर्दै एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीले आजसम्म एनआरएनएको सदस्यता वितरण कार्य बढी मात्रमा निर्वाचनको प्रयोजनको लागि हुँदै आएको हुँदा एनआरएनएबाट दिने सेवा र कार्यक्रमहरुको जानकारी एवं सहजीकरणका लागि पनि अनलाईन सेवामा जानु परेको बताए । अहिलेको सदस्यता वितरणमा रहेको झन्झटिलोपन हटाउन र समय मै सदस्यता बन्न/बनाउन र सदस्यता कार्ड उपलब्ध गराउन अहिलेको समितिले एनआरएनएको पोर्टललाई प्रविधियुक्त बनाउन गई रहेको जानकारी अध्यक्ष फगामीले गराए । ‘एक पटकको नेपाली सधैको लागि नेपाली’ हुनु पर्छ भन्ने कुरामा एनआरएनए युके अडिग रहेको कुरा दोहो-याउँदै अध्यक्ष फगामीले भने – दोहोरो नागरिकताको पहलका लागि नागरिकता विद्येयक संसदमा दर्ता भएकै दिन गत हप्ता एनआरएनए बेलायतको टोली नेपाल गई सम्बन्धित र जिम्मेवारी धेरै व्यक्तिलाई भेटि हाम्रो माग र दबाव ठाउँमा समयमा पु-याएर आएको र त्यस कार्यबाट सन्तुष्ट रहेको अनुभव पत्रकारहरु माझ सुनाएका थिए ।

उक्त पत्रकार सम्मेलनमा बेलायतबाट सञ्चालित डेढ दर्जन मिडियाका सबै जसोका प्रतिनिधि पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार