पोर्तुगलमा राजदुतावास स्थापना गर्न प्रधानमन्त्री ओलीलाई काठमाडौँमा ज्ञापनपत्र बुझाईएको छ।
गैर आवासीय नेपाली संघद्वारा काठमाडौँमा आयोजित बिज्ञ सम्मेलन तथा बिधान सभामा भाग लिन गएका एन आर एन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा नेपाली राजदुतावास स्थापनाका लागि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री ओली सो सम्मेलनका प्रमुख अतिथी रहेका थिए।

पोर्तुगलमा राजदुतावास नहुदा नेपालीहरुले भोग्नुपरेको समस्या र सास्ती र पोर्तुगलमा रहेका नेपालीहरुको अवस्थाको बारेमा समेत प्रधानमन्त्री ओलीसंग छलफल भएको बुझिएको छ। कार्की एन आर एन ए पोर्तुगलको २०१७-१९ कार्यकालका लागि अध्यक्ष भएसंगै पोर्तुगलमा दुतावास स्थापनाको लागि निकै पहल गरिरहेका छन् र पोर्तुगलमा दुतावास स्थापना नै उनको प्रमुख एजेण्डा रहेको छ।
पोर्तुगलमा दुतावास स्थापनासंगै नेपालीहरुका धेरै समस्याहरु समाधान हुने अध्यक्ष कार्की बताउछन। पोर्तुगलमा दुतावास स्थापनाको लागि गठन भएको संघर्ष समिती निस्कृय भईदिदा अध्यक्ष कार्की चिन्तित भएका छन्। पोर्तुगलमा नेपालीहरुको समस्या समाधान र सहयोग हाल बाणिज्य दुतावास लिस्बोन र राजदुतावास फ्रान्स मार्फत हुदै आएको छ।
















