लेस्ली आँधीले गर्दा लिस्बोनको मौसम खराब हुदै गएको गईरहेको छ। मदैरा टापु हुदै लेस्ली नामक आँधी १३० किमी प्रति घण्टाको गतिले लिस्बोन पसेको छ। मौषम खराब बढ्दै जादा १७० किमी प्रतिघण्टाको गति लिन सक्ने मौसम विभागले जनाएको छ।

लेस्ली आँधी लिस्बोन पसेसंगै लिस्बोन र सेतुबालमा बाटोछेउमा भएका सयौ रुखहरु ढलेर बाटो अवरुद्द भएको छ। प्रहरी, बारुण र उद्धारकर्ताको सहायताले सकेसम्म छिटो बाटोमा खसेका रुखहरु हटाउने र बाटो खोल्ने कार्य भईरहेको छ। अहिलेसम्म बाटोछेउमा रहेका १२० भन्दा बढी रुखहरु ढलेका र २४७ जति साना दुर्घटना भएको खबर छ।

सम्भावित दुर्घटनाबाट बच्न आज बेलुका देखि भोलि बिहान ४ बजेसम्म घरबाहिर नआउन सुरक्षा निकायले आग्रह गरेको छ।






















