‘महिला विरोधी एजेण्डा’ बोकेको राष्ट्रपति भन्दै ट्रम्पविरुद्ध हजाराैँकाे प्रदर्शन

सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।

आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘निलोलाई मतदान’ लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीहरुले ट्रम्पलाई ‘महिला विरोधी एजेण्डा’ बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए ।

निर्वाचन लक्षित र्यली डाउनटाउन पार्कबाट सुरु भएको थियो । र्यलीमा सहभागीहरुलाई डेमेक्रेट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियोमार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार