आज एनआरएनए पोर्तुगलको दशैं -तिहार शुभकामना कार्यक्रम !

गैर आवासिय नेपाली संघ,पोर्तुगलले दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम आज १४ अक्टोबरमा आयोजना गर्दैछ । आज बेलुका सातबजेदेखि राति एघार बजेसम्म एभरेष्ट रेस्टुरेन्ट एन्ड क्याफे आन्जुस (केनाइसंगै)मा चल्ने एनआरएनए पोर्तुगलका कार्यवाहक अध्यक्ष तिलक गैरेले जानकारी दिदै आह्वान गरेका छन् । संघका अध्यक्ष कुबेर कार्की बिज्ञ र बिधान सम्मेलनमा भागलिन अहिले नेपाल गएका छन् भने भोली लिस्बोन पुग्दैछन् ।

आफ्नो काम, थकानलाई बिर्सिएर नेपाली मन र पनकासाथ चाडपर्व मनाँउ, सुखदुःख र शुभकामना आदानप्रदान गरौं भनेर कार्यक्रम आयोजना गरिएको एन आर एन पोर्तुगलले जनाएको छ ।

एन आर एन पोर्तुगलले एक सुचना जारी गर्दै कार्यक्रममा सबैको उपस्थितिका लागि आग्रह गरेको छ ।

“नेपालीको घर आगनमा आउँदै गरेको महान चाड बिजया दशमी, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको कुरा यहाँहरु सबैमा सहर्ष जानकारी गराउन चाहन्छौं । उक्त समारोहमा उपस्थित भइ शुभकामना आदान प्रदान तथा आपसी सद्भाब साट्न,पोर्तुगल स्थित सम्पूर्ण समाजका अध्यक्ष ,प्रतिनिधि तथा सदस्यज्युहरु ,पत्रकार साथीहरु र सम्पूर्ण नागरिक समाजलाई हार्दिक अनुरोध गर्दछौं ।” संघले जारी गरेको सूचनामा आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार