– सम्झना अधिकारी , पोर्तुगल।
लेस्ली आँधीका कारण पोर्तुगलको कोइम्ब्रामा एकको मृत्यु भएको छ भने २८जना घाइते भएका छन्। घाइते हुनेहरुमा ३ जना सुरक्षा अधिकारीहरु रहेको बुझिएको छ।

लेस्ली आँधीको प्रभाव राजधानी लिस्बोनमा खासै देखापरेन भने कोइम्ब्रामा सबैभन्दा बढी क्षति भएको छ। सो आँधीका कारण एक लाख भन्दा बढी घरहरु बिधुत सुबिधाबिहिन भएका छन् भने इन्धन आपुर्ति कम्पनी इडीपिले आपतकालीन अवस्था ” स्टेट अफ ईमरजेन्सी ” को घोषणा गरेको छ। बिधुत आपुर्ति सुचारु गर्न कति समय लाग्ने भन्ने यकिन भन्न नसकिने इडीपिले जनाएको छ।




















