अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको प्रथम अधिवेशन अक्टुबर २८ मा

नयाँ शक्ति नेपालको प्रवास सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको प्रथम अधिवेशन यही अक्टुबर २८ तारिख अाइतबारका दिन लिस्बनमा हुने भएको छ । अधिवेशनमा पार्टीका प्रवास संयोजक धनबहादुर गुरुङ र युरोप संयोजक हिमाल ओह अतिथिका रुपमा सहभागी हुने छन् ।

संयोजक धनराज शेर्पाले समाजको सदस्यता वितरण चलिरहेकाले इच्छुक दिदीबहिनी तथा दाजुभाइहरुलाई सदस्यता लिन अनुरोध गरेका छन् ।

रेस्टुरेन्ट एभरेष्ट नेपाल रेष्टुरेन्ट आन्जुसमा दिउसो ३:०० बजे शुरु हुने कार्यक्रममा सबै समर्थक शुभचिन्तक संघ संस्थाका अध्यक्ष तथा प्रमुखहरुसाथै पोर्तुगलमा रहनु हुने दिदीबहिनी तथा दाजुभाइहरुलाई समाजका संयोजक धनराज शेर्पाले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार