काठमाडौं । दुई रुसी फुटबल खेलाडीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । सेन्ट पिटसवर्गका ऐलेक्सेन्डर कोक्रिन र क्रास्नोडर्सका पावेल मामेभलेव्यापारी र ट्याक्सी चालकमाथि आक्रमण गरेको आरोपमा जेल सजाय सुनाइएको हो ।

व्यापारीमाथि कुर्सी प्रहार गर्नुका साथै टयाक्सी ड्राइभरलाई आक्रमण गरेको भिडियो सार्वजनिक भएसँगै राष्ट्रिय मुद्दा बनेपछि अदालतले दुई खेलाडीमाथि प्रतिबन्ध लगाउनुका साथै जेल सजाय सुनाइएको हो ।
कुटपिट गर्दै गरेको भिडियो स्थानीय सञ्चारमाध्यममा प्रशारण भएपछि उनीहरुलाई जेल सजाय सुनाउन रुसी अदालत बाध्य भएको थियो ।
















