नेपाली संघीय समाज पोर्तुगलको तेश्रो अधिवेशन सम्पन्न , सोम शेर्पाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती गठन

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा पूर्व मन्त्री अशोककुमार राइले देशमा विभेदको अन्त्य र समृद्धिका लागि संघीय समाजवादमा अघि बढेको बताएका छन् । नेपाली संघीय समाज पोर्तुगलको तेश्रो अधिवेशनको उद्घाटन गर्दै राइले पार्टीको यो अभियानमा साथ दिन अनुरोध गरेका हुन् ।

‘एउटा दलितको छोरो अर्बपति होस् तर एउटा बाहुनको घरभित्र प्रवेश गर्न सक्तैन । त्यसैले वर्गीय मुक्तिले मात्र नेपालको समस्या समाधान हुन नसक्ने हाम्रो ठहर छ ।’ शालिन शैलीमा राइले भने, ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्नु हुँदैन । राजनीतिको केन्द्रविन्दु नै सत्ता हो । त्यसैले कम्युनिष्टहरुले संविधान संशोधन गर्छु भनेर कागजमा दस्तखत गर्नु हाम्रो नैतिक जित हो । सत्तामा छौ, संविधान संशोधनका लागि हाम्रो अधिकत्तम प्रयास जारी छ ।’

कार्यक्रमको उद्घाटन सत्रमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा पूर्व मन्त्री अशोककुमार राई, संघीय समाजवादी महिला फोरमका ईन्चार्ज सुशीला श्रेष्ठ, नेपाली संघीय समाज पोर्तुगलका सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य पेम्बा शेर्पा, एनआरएनए आईसीसी सदस्य नरेन्द्रबहादुर हमाल, एनआरएनए पोर्तुगलका अध्यक्ष कुवेर कार्की, जनजाति महासंघ पोर्तुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, नारी समाज पोर्तुगलका अध्यक्ष सीता बरालले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी मञ्च पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, जनप्रगतिशील मञ्च पोर्तुगलका कार्यवाहक अध्यक्ष डोलराज भण्डारी, अन्तराष्ट्रिय नेपाली समाज पोर्तुगलका संयोजक धनराज शेर्पा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली संघीय समाज पोर्तुगलको तेश्रो अधिवेशनबाट अध्यक्षमा सोम शेर्पा निर्विरोध चयन भएका छन् । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमितिको सह अध्यक्षमा कुमार योञ्जन तामाङ, उपाध्यक्षहरुमा लाईन्द्र राई, प्रशान्त गुरुङ, बुना राई, रविन्द्र चौधरी, पेम्बा गेलु शेर्पा र महासचिवमा राजु लामा तामाङलाई चयन गरेको छ ।

त्यसैगरी प्रवक्तामा गंगा नेम्कुल, सचिवमा रिञ्जी लामा शेर्पा, कर्ण पुन मगर र फुर्वा थोकर तामाङ, कोषाध्यक्षमा दिनेश गुरुङ निर्वाचित भएका छन । सदस्यहरुमा सोनी शेर्पा, राजेश्वर महत्व, सविना मनाङठेङ, युगल किशोर झा, सागर लामा, विपिनकुमार यादव, पुष्पा गुरुङ र आस्मा तामाङ रहेका छन् ।

निर्वाचित नयाँ कार्यसमिति र पार्टीमा प्रवेश गरेका एक दर्जन कार्यकर्तालाई नेता राईले सपथ ग्रहण गराउनुका साथै खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष गणेशबहादुर लिम्बुको अध्यक्षतामा, सोम शेर्पाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पेम्बा गेलु शेर्पाले गरेका थिए । कार्यक्रम जिनाजिओ क्लब लिस्बनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार