– गणेश पाण्डेय , पोर्तुगल।
पोर्तुगलको अध्यागमन प्रहरी (सेफ) ले यहाँको पिएसपी प्रहरीमाथि हातपात गर्ने बिदेशीको पोर्तुगिज नागरिकता रद्ध गर्दै पोर्तुगलबाट नै देश निकाला गरेको छ।

एक्काईसौ सताब्दीमा पनि सुरक्षा प्रहरी अफिसरमाथि हातपात र आक्रमण गर्नु मानव सभ्यताकै उपहास भएकोले राज्यको कानुन बिपरित आक्रमण गर्नेलाई आफ्नो देशमा आवास अनुमति दिनुको कुनै औचित्य नभएकोले देश निकाला गरिएको सेफले जनाएको छ। आक्रमणमा परी पीएसपी का प्रहरी अफिसर घाइते भएका थिए।
देश निकाला गरिएका बिदेशी नागरिक को थिए र कुन देशका थिए भन्ने कुरा सेफले उल्लेख गरेको छैन। देश निकाला गरिएका सो व्यक्तिलाई अहिले लिस्बोन एयरपोर्टको अस्थाई डिपोर्ट तथा पुनस्थापना केन्द्रमा डिपोर्टका लागि राखिएको जनाईएको छ।
















