नेपाली नारी समाज पोर्तुगलको शुभकामना आदानप्रदान तथा बृहत छलफल सम्पन्न

– सम्झना अधिकारी
लिस्बन, पोर्तुगल ।

नेपाली नारी समाज पोर्तुगलले नेपाल सम्बत ११३९ तथा दिपावली र छठ पर्वको अबसरमा शुभकामना आदानप्रदानका साथै नजिकिदै गरेको दोस्रो अधिबेशन सम्बन्धी महत्त्वपूर्ण छलफल सम्पन्न गरेको छ ।

शनिबार लिस्बनको एभरेस्ट रेस्टुरेन्टमा आयोजित कार्यक्रम सीता बरालको सभापतित्व र नेपाली नारी समाजका संरक्षक तथा एन आर एनएका अध्यक्ष कुबेर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तब्य र शुभकामना उक्त सस्थाकी उपाध्यक्ष निर्मला खरालले गर्नुभएको थियो भने कार्यक्रम संचालन समाजकी महासचिव मिना खरेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसस्थाबाट प्रतिनिधित्व गर्दै बाक्लो रुपमा महिलाहरुको उपस्थिति रहेको थियो ।

आफ्नो शुभकामना तथा मन्तब्य राख्दै कार्यक्रममा अध्यक्ष कार्कीले पोर्तुगलमा धेरै संघसस्था रहेको र अधिबेशनको बेलामा पद खाने होडबाजी चल्ने तर काम गर्ने बेला पछि हट्ने प्रवृत्ति नदोहोर्याउन नारी समाजलाई आग्रह गर्नुभयो । नारी समाजमा अबको अधिबेशनले क्षेत्र,जाती र धर्म कुनै पनि कुराको कमि नहुने गरि सक्षम महिलाहरुले सस्थाको नेतृत्व लिन आव्हान गर्नुभयो । साथै उहाँले पोर्तुगलमा महिलाहरु अगाडी बढ्न विभिन्न संघसस्था रहेको र सस्थामा संघलन हुन अनुरोध गर्नुभयो । महिलाहरुको सस्था भएकाले सबै मिलेर अगाडी बढन आग्रह गर्दै सहभागी महिलाहरुले खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभाएको छ ।

देशमा मात्र नभई बिदेशमा पनि महिलाहरु सङठित भएर अगाडि बढनुपर्ने एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले बताउनुभएको छ ।

अतिथीहरुमा तामांग समाजकी प्रितु योञ्जन ,किरात याक्थुम चुम्लुङ्ग पोर्तुगलकी अध्यक्ष दिपा लिम्बू ,नेपाली संघिय सामाज फोरमका उपाध्यक्ष पेम्बा गेलु शेर्पा, नेपाल आदिवासी जनजाति माहासंघकी कोषाध्यक्ष तारा गुरुङ, जनप्रगतिशिल पोर्तुगलका कार्यबाहक अध्यक्ष डोलराज भण्डारी,नयाँ शक्ति पार्टीका संयोजक धन शेर्पा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नेप्लिज जर्नालिस्ट क्लवको प्रतिनिधित्व गर्दै पत्रकार पुनम गौतमकको उपस्थिति रहेको थियो भने कार्यक्रममा ५० जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार