काठमाडौँ — चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान ४ बजे अस्पताल भर्ना भएका छन् ।

राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको अनुहार केही सुन्निएको छ ।
उनको स्वास्थ अवस्था केही सुध्रिएपछि आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो । तर राति समस्या बढेपछि बिहान चारबजे अस्पताल भर्ना भएका हुन्।
















