
एजेन्सी । नायिका सनी लियोनीको अपकमीङ फिल्म ‘विरमादेवी’लाई लिएर भारतको कर्नाटकमा बिरोध शुरु भएको छ ।कर्नाटकको एक संगठनले फिल्म रिलिज अगाडि आफ्नो माग पुरा नगरे आफुहरु प्रदर्शनमा उत्रने धम्की दिएका छन् ।

संगठनको अनुसार ऐतिहाँसिक र बहुभाषी फिल्म ‘वीरमादेवी’ को भूमिकामा अश्लिल चलचित्रमा काम गरेकी नायिकालाई नसुहाउने भन्दै बिरोध गरेका हुन् । कन्नड रक्षणा का अध्यक्ष हरीशले बताए अनुसार सनी लियोनीलाई अन्य भूमिकामा प्रस्तुत गर्दा कुनै आपत्ति नभएको तर वीरमादेवीको भूमिकामा उनलाई कुनै हालतमा नसुहाउने भन्दै विरोध जनाएका हुन् ।संगठनले पोर्न स्टारको रुपमा चर्चित नायिकाले धार्मीक आस्थाको धरोहर रहेकी ब्यक्तीत्वको भूमिका निभाउँदा त्यस समुदायको भावनामा चोट पुग्ने बताएका छन् ।
‘

केहि समय अघि ‘कन्नड रक्षणा वेदिक’ का सदस्यहरुले लियोनीको बिरुद्ध प्रदर्शन गर्दै उनको पोष्टर जलाएका थिए ।
















