
-सम्झना अधिकारी , पोर्तुगल ।
पोर्तुगलको अध्यागमन प्रहरी (सेफ) ले नक्कली कागजात प्रयोग गरेको अभियोगमा लिस्बोन एयरपोर्टबाट ४ जना पक्राउ गरेको छ। पक्राउ पर्नेहरुले नक्कली र झुटो कागजपत्र प्रयोग गरी लिस्बोन हुदै डब्लिनको लागि हवाई टिकट लिएको बुझिएको छ।

यसरी नक्कली कागजात प्रयोग गर्ने हवाई यात्रुहरुमध्ये ३ जनाले इटालीको नागरिकता र एक जनाले ग्रिसको नागरिकता बोकेको सेफले जनाएको छ।
पक्राउ परेका चारै जनालाई कानुनी कारवाहीको लागि अदालातमा पेश गरिएको छ।
















