पीपीएल क्रिकेट : पोखरा फाइनलमा


em>पोखराविरुद्ध ब्याटिङ गर्दै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल तस्बिर : कृष्णमणि बराल

पोखरा : घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

annapurna post
शनिबार भएको खेलमा हुलास काठमाडौं रोयल्सलाई चार विकेटले पराजित गर्दै पोखराले सिधै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यस्तै प्रतियोगिताको इलिमिनेटरमा काठमाडौंले चितवन राईनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ । शनिबारकै दोस्रो खेलमा चितवनले विराटनगरलाई चार विकेटले पराजित गर्दै इलिमिनेटरमा काठमडौंसँगको भेट पक्का गरेको हो ।

इलिमिनेटर खेल आइतबार हुने छ । इलिमिनेटरको विजेता टोलीले मंगलबार हुने फाइनल खेलमा उपाधिका लागि पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार