
काठमाडौं– २७ पुस प्रर्दशन मिति तोक्दै फिल्म ‘भिलेन’ ले फष्टलुक सार्वजनिक गरेको छ । निर्माण युनिटले फष्टलुकको रुपमा एकसाथ दुई पोस्टर रिलिज गरेको हो । सार्वजनिक दुई पोष्टरमा अभिनेता निखिल उप्रेती मात्रै देखिएका छन् । द ग्लोबल पिक्र्चस प्रालिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता रहेको फिल्मको राजकुमार श्रेष्ठ सह–निर्माता हुन् । फिल्ममा निखिल उप्रेती, शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेको छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ शाहिल खानको सम्पादन, बाबुल गिरी, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरियोग्राफी छ । फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।
















